महन्थ ठाकुर र राजेन्द्र महतोबीच विवाद, ठाकुर एक्लौटी रुपमा चलेको महतोको आरोप

लोकतान्त्रिक समाजवादी पार्टीभित्र महन्थ ठाकुर र राजेन्द्र महताेबीच विवाद उत्पन्न भएकाे छ ।

महताेले ठाकुरलाई एक्लाैटी ढंगले चलेकाे आरोप लगाएका छन् । ठाकुरले अघिल्लो हप्ता प्रदेश २ काे प्रदेश अध्यक्षमा जितेन्द्र सोनाल र सचिवमा रामविनोद चौधरीलाई मनोनयन गरेका थिए ।

ठाकुरले उक्त निर्णय एक्लाैटी रुपमा गरेकाे महताे पक्षका नेताहरुले बताएका छन् ।

महतो पक्षका नेताहरुले काठमाडौँमै आएर पार्टीको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नेसम्मकाे चेतावनी दिएका छन् ।

ठाकुरले आफ्नो निर्णयबाट पछि हट्दै गल्ती सच्याउनुपर्ने महताे पक्षकाे माग छ । तर, ठाकुर आफ्नो निर्णयबाट पछि नहट्ने पक्षमा छन् ।

तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दा विवाद भएपछि ठाकुर-महताे समूह वैधानिक रुपमै जनता समाजवादी पार्टीबाट बाहिरिनु परेकाे थियाे ।

त्यसबेला पनि ठाकुरले पार्टीबाट आधिकारिक निर्णय नगरी पार्टीको निर्णय भन्दै संसद विघटन गर्ने ओलीलाई साथ दिएका थिए । जसका कारण जसपामा विवाद भएकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्