सबैको भावनाको कदर गर्दै पार्टी अगाडि बढाउँछु : सभापति देउवा

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्ने बताए ।

उनले भने, ‘म सबैको सभापति हुँ । सबैको भावनाको कदर गर्दै पार्टी अगाडि बढाउँछु । सबैको साथका पाउने विश्वास व्यक्त गर्दछु ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्