एमसीसी कहाँ छ राष्ट्रघाती ? एक पटक पढ्नुपर्यो के : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले एमसीसी नै नपढेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको बताए ।

उनले एमसीसी पढ्दै नपढी विरोधमात्र गरिरहेको बताए ।

‘यहाँ एमसीसीबारे बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्दियो, राष्ट्रघाती भन्ने पढेको छ कि छैन थाहा छैन मलाई, पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा त काही राष्ट्रघाती देखेको छैन,’ उनले भने, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ, राष्ट्रको खिलापमा जाउला मैले ? राष्ट्रघाती सन्धि किन गरौला ? त्यसकारण यसबारे पढ्नुस्, छलफल गर्नुस्, हाम्रोबीचमा पनि छलफल हुँदैछ ।’

उनले एमसीसी एकदम नेपालको हितमा रहेको जिकिर गरे । देउवाले भने, ‘एमसीसीले नेपालको कानुन मान्छु भनेको छ, बुझ्नुपर्यो क्या ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्