आउने सबै चुनावमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउने सबै चुनावमा गठबन्धनका दल मिलेर अघि बढ्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै गठबन्धन हुनसक्ने भनेकाले आगामी निर्वाचनसम्म सरकारमा रहेका दल मिलेर अघि बढ्न सक्ने बताए ।

उनले जनताको पीरमर्कासँग नजिक रहेको पार्टी नेकपा (एस) भएकाले आगामी निर्वाचनमा विजयी गराउने हिसाबले तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्