पाँचथरमा वडाअध्यक्ष र क्याम्पस प्रमुखसहित ५०० जना जसपामा प्रवेश

पाँचथरस्थित कुम्मायक गाउँपालिका वडा नं १ का वडाअध्यक्ष देवेन्द्र लावती र यासोक क्याम्पसका प्रमुख कर्ण लावतीसहित सयौं नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

शनिबार पाँचथरकाे यासोकमा जसपाले आयोजना गरेको आमसभामा वडाअध्यक्ष र क्याम्पस प्रमुखसहित ५०० जना कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

वडाअध्यक्ष लावती २०७४ सालको स्थानीय चुनावमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । कुनै पार्टीमा नरहेका उनी हाल जसपामा प्रवेश गरेका हुन् ।

सो क्रममा राप्रपाका पूर्व जिल्लाउपाध्यक्ष विश्वेश्वर बेघा र पूर्वअध्यापक देवेन्द्रप्रसाद लावती समेत जसपामा प्रवेश गरेका छन् ।

आमसभामा जसपा अध्यक्ष भट्टराईका साथै कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ, जसपाका सल्लाहकार डा. महेन्द्र लावती, प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, जसपा केन्द्रीय सदस्य खगेन्द्र माखिम, दलमर्दन कामी लगायत नेताहरुले बोलेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्