रेशम चौधरीकी श्रीमतीले दर्ता गरिन् नयाँ पार्टी

सांसद रेशम चौधरीकी श्रमती रञ्जिता श्रेष्ठले नयाँ पार्टी दर्ता गरेकी छन् । पार्टीकाे नाम ‘नागरिक उन्मुक्ति पार्टी’ रहेकाे छ ।

श्रेष्ठले साेमबार निर्वाचन आयोगमा पुगेर आफ्नाे अध्यक्षतामा उक्त पार्टी दर्ता गरेकी हुन् ।

उक्त पार्टी रेशम चाैधरीले चलाउने बताइएकाे छ । तर, उनी हाल कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।

दल दर्ताको निवेदन दिनका लागि श्रेष्ठ सांस्कृतिक र्यालीसहित आयाेग पुगेकी थिइन् । काठमाडाैंकाे भृकुटीमण्डपमा भेला भएर र्याली निकालिएकाे थियाे ।

उक्त पार्टीको चुनाव चिन्ह भने ढकिया राखिने बताइएकाे छ । जसमा २०१ जनाको केन्द्रीय सदस्य रहनेछन् ।

रेशम चाैधरी जसपा विभाजित हुँदा महन्थ ठाकुरतिर लागेका थिए । तर हाल उनी आफै पार्टी चलाउने हिम्मत गर्दैछन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्