Saturday, April 1, 2023

प्रचण्डको प्रतिवेदन माओवादी होइन ‘खाओवादी प्रतिवेदन’ हो : नेता किराती

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सत्तारुढ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदन ‘खाओवादी प्रतिवेदन’ भएको बताएका छन् ।

नेता किरातीले प्रचण्डले माओवाद र माओवादी केन्द्र त्यागेर हिडेको र अदालती माओवादी बन्नु परेकोमा सार्वजनिक आत्मआलोचना गर्नुपर्नेमा नगरेको, सर्वहारा सांस्कृतिक रुपान्तरणको सामूहिक प्रतिवद्धता जनाउनुपर्नेमा नजनाएको, समाजवादको स्पष्ट कार्यक्रम ल्याउनुपर्नेमा नल्याएको, एमसीसी खारेजीको निर्णय ल्याउनुपर्नेमा नल्याएको लगायत कारण देखाउँदै प्रचण्डको प्रतिवेदन खाओवादी प्रतिवेदन भएको बताएका हुन् ।

उनले मंगलबार फेसबुकमा पाँच प्रमुख कारण उल्लेख गर्दै प्रचण्डको खाओवादी प्रतिवेदन भएको जनाएका हुन् ।

पाँच बुँदाको अन्त्यमा उनले लेखेका छन्, ‘उपरोक्त पाँच काम नगरेको वा पाँच काम प्रतिकूल गरेको हुनाले माके आठौं महाधिवेशनको प्रतिवेदनले समाजवाद खोजेकै छैन, ल्याउने कुरा त परै रह्यो । अतः माकेको प्रचण्ड प्रतिवेदन माओवादी होइन, वस्तुतः खाओवादी प्रतिवेदन बन्न पुगेको छ ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्