नेपाली समाज बेलायतको अध्यक्षमा कमलप्रसाद राईको उम्मेदवारी

आगामी १३ फेब्रुअरीमा हुन लागेको नेपाली समाज बेलायतको महाधिवेशनमा कमलप्रसाद राईले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली समाज बेलायतको गत २ जनवरीमा बसेको भर्चुअल बैठकमा उनले अध्यक्षमा आप्mनो उम्मेदवारी रहने बताएका हुन् ।

राई हाल संगठनको सहअध्यक्षको जिम्मेवारीमा छन् ।

अध्यक्षको उम्मेदवारी घोषणासँगै उनले सातबुँदे घोषणा–पत्रसमेत जारी गरेका छन् ।

नेपाली समाज बेलायत जनता समाजवादी पार्टी नेपालको विदेश संगठन हो । जसको अध्यक्षमा हाल बालकृष्ण राई र चन्द्र गुरुङ छन् ।

२ जनवरीको बैठक दुवै अध्यक्षको संयुक्त अध्यक्षतामा भएको हो ।

बैठकमा सहअध्यक्ष राईले प्रस्तुत गरेको सातबुँदे घोषणा–पत्रमाथि पनि छलफल भएको थियो ।

जसमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विशेष प्रदेश समितिका सहइन्चार्ज भगवान चाम्लिङ प्रमुख अतिथि थिए भने नेपालका परिषद् सदस्यहरु प्रवास विशेष प्रदेश समितिका सदस्यहरु विशेष अतिथि थिए ।

जसपा केन्द्रीय सदस्य चाम्लिङले संगठनलाई चलायमान बनाउँछु भन्दै नेतृत्वमा दाबी गर्नु पार्टीका लागि राम्रो कुरा भएको बताएका थिए ।

तर संगठनको नेतृत्व सहमतिमै चयन गर्नुपर्नेमा उनले जोड दिए ।

बैठकमा विधान समितिका संयोजक समेत रहेका सहअध्यक्ष राईले प्रस्तुत गरेको मस्यौदा विधानमाथि छलफल भएको थियो । र केही विषयहरु परिमार्जन गरी महाधिवेशनबाट अनुमोदन गर्ने गरी पास गरिएको छ ।

बैठकमा अध्यक्ष कृष्ण राईले १३ फेब्रुअरीमा हुने महाधिवेशनको रुपरेखा प्रस्तुत गरेका थिए भने अर्का अध्यक्ष चन्द्र गुरुङले १२ फेब्रुअरीमा हुने च्यारिटी डिनरको रुपरेखा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव मिलन राईले गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्