अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर टेस्ट गर्दा उनलाई कोरोना संक्रमण देखिएको उनकी छोरी गंगा दाहालले जनाएकी छन् ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनी अहिले निवासमै आराम गरिरहेका छन् ।

कोरोना पोजेटिभ देखिएसँगै प्रचण्ड आइसोलेशनमा बस्नुपर्ने भएकोले उनी सहभागी हुने निर्धारित सबै कार्यक्रमहरु हाललाई स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्