खोटाङको दिक्तेलमा जनता समाजवादी पार्टी नेपालनिकट किरात राष्ट्रिय समितिले दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
दिक्तेलको शुभम फाउन्डेशनमा गत पुस २३ र २४ गते सम्पन्न कार्यक्रममा जसपा नेपालका वरिष्ठ नेता अशोक राई, कार्यकारिणी सदस्य युवराज कार्की, रामसहाय प्रसाद यादव, गंगा श्रेष्ठ, केन्द्रीय सदस्य डा. कृष्णकुमार राई, जयराम यादव र भीम राईले प्रशिक्षण दिएका थिए ।

कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादव संघीय सरकारका वन तथा वातावरण मन्त्री हुन् भने केन्द्रीय सदस्य जयराम यादव प्रदेश १ सरकारको सामाजिक विकासमन्त्री हुन् ।
जसपा नेपालको केन्द्रीय सदस्य समेत रहेका नेता रमेश राईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा किरात राष्ट्रिय समितिको कार्यक्षेत्र रहेको विभिन्न जिल्लाको अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।





