Friday, December 9, 2022
15.9 C
Diktel

पृथ्वीनारायणलाई ‘राष्ट्रिय एकताको प्रतीक’ भन्नेहरुप्रति हाम्रो गम्भीर असहमति छ : जनजाति महासंघ

नेपाल आदिवासी जनजाति महासंघले इतिहासको तथ्यलाई बङ्ग्याउँदै गोर्खा राज्य विस्तारलाई ‘नेपाल एकीकरण’ भन्ने र पृथ्वीनारायण शाहलाई ‘राष्ट्रिय एकताको प्रतीक’को रुपमा भाष्य निर्माण गर्नेहरुप्रति आफ्नाे गम्भीर असहमति रहेको जनाएको छ ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले जनवरी १० तारिखमा एक प्रेस वक्तव्य जारी गरी पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक भन्दै पृथ्वीजयन्ती मनाउनेहरुको तर्कप्रति महासंघकाे गम्भीर असहमति रहेको जनाएका हुन् ।

नेपालमा एकथरि मान्छेहरुले हरेक साल पुस २७ गतेका दिन गोर्खा राज्य विस्तार गर्ने पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने गरेका छन् ।

तर, आदिवासी जनजाति समुदायका बौद्धिक अगुवाहरुले पृथ्वीनारायण शाहले नेपालको एकीकरण नगरेको, बरु गोर्खा राज्य मात्र विस्तार गरेको र विस्तारका क्रममा उनले युद्धअपराध गरेको बताउँदै आएका छन् ।

शाहले राज्य विस्तार गर्दा क्रुर हिंसा गरेको र आदिवासी जनजातिहरुको मौलिक संस्कार, संस्कृति, भाषा र मान्यताहरुलाई नष्ट गरी नेपाललाई असली हिस्दुस्तान बनाउने प्रयास गरेको उनीहरुको भनाइ छ ।

भौगोलिक एकीकरण गर्दा भएका गल्ती स्वीकार गर्दै समानतामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई विस्तार गर्नुपर्ने यो घडीमा राजा–महाराजाको गाथा गाउनु र गाउन लगाउनु निरर्थक मात्र होइन, प्रतिगामी विचार हो ।

महासंघले भौगोलिक एकीकरण गर्दा भएको गल्ती स्वीकार गर्दै समानतामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई विस्तार गर्नुपर्ने अहिलेको घडीमा राजा–महाराजाहरुको गाथा गाउनु प्रतिगामी विचार रहेको जनाएको छ ।

‘राजा–महाराजको जन्मदिनलाई राजनीतिक महत्व दिँदै, व्यक्तिको जन्मजयन्तीलाई राष्ट्रकै जन्मदिनजस्तो बनाउँदै गोर्खा राज्य विस्तारबाट लाभ लिइरहेका कुलिन र सम्भ्रान्त वर्गले सामन्ती साेंच र जातीय विभेदको व्यवस्थालाई निरन्तरता दिन खोजेको देखिन्छ,’ वक्तव्यमा भनिएको छ, ‘भौगोलिक एकीकरण गर्दा भएका गल्ती स्वीकार गर्दै समानतामा आधारित लोकतान्त्रिक गणतन्त्रलाई विस्तार गर्नुपर्ने यो घडीमा राजा–महाराजाको गाथा गाउनु र गाउन लगाउनु निरर्थक मात्र होइन, प्रतिगामी विचार हो । सामन्तवाद र प्रतिगमनलाई निरन्तर मलजल दिइराख्ने सबैखाले कार्यको हामी आपत्ति प्रकट गर्दछौं र तथाकथित नेपाल एकीकरण र एकताको प्रतीकजस्तो भाष्यको हामी खारेज गर्दछौं ।’

महासंघले बहुलता र विविधताको कसीमा घोटेर अब पृथ्वीनारायण शाहलाई पुनर्मूल्यांकन गर्नुपर्ने र एकीकरणको नाममा उनले गरेका अन्याय, उत्पीडन र दमनको ऐतिहासिक यथार्थलाई स्वीकार गरेर वर्तमान राज्यले क्षमा माग्नुपर्ने र देशमा बहुलता र विविधताको राजनीतिक वातावरण बनाउनुपर्ने तर्क गरेको छ ।

महासंघले एकता वा एकीकरण कुनै अमुक व्यक्तिबाट नहुने बरु विविधतायुक्त जनताबीच समानता र सहकार्यबाट मात्र हुने प्रष्ट पारेको छ ।

महासंघले सबै समुदायबीच समानता, सहकार्य र सद्भाव कायम गर्दै प्रतिरोधी चेतसहित कार्यक्रम गर्न तथा गराउन आदिवासी जनजातिजन्य संगठनहरुलाई अपिल समेत गरेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्