Friday, December 9, 2022
15.9 C
Diktel

प्रदेश २ को नाम ‘मधेस प्रदेश’, राजधानी जनकपुर

प्रदेश नं २ काे नाम मधेस प्रदेश राखिएकाे छ । राजधानी भने जनकपुरलाई बनाइएकाे छ ।

साेमबार बसेकाे प्रदेश सभाकाे बैठकमा दुई तिहाइ बहुमतले प्रदेशकाे नाम र राजधानी टुंगाे लगाएकाे हाे ।

प्रदेश सभामा कूल १०३ जना सदस्य भए पनि बैठकमा ९९ जनाले भाग लिएका थिए ।

प्रदेश नामकरणकाे लागि भएकाे मतदानमा ८० मत मधेस प्रदेशकाे पक्षमा परेकाे थियाे ।

जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा प्रदेशको नाम मधेस प्रस्ताव गरेका थिए ।

जसपाको ३९, माओवादीकाे ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए ।

१ जना सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि मधेस प्रदेशमा समर्थन गरेकाे थियाे भने अन्य दलका १६ जना सांसदहरुले पनि मधेस प्रदेशकाे पक्षमा मतदान गरेका थिए ।

साेही कारण दुई तिहाइ बहुमतले मधेस प्रदेश पास भएकाे हाे ।

बैठकमा प्रदेशकाे नामबारे कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ र कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेस’ प्रस्ताव गरेका थिए ।

साेमबार नै बसेकाे प्रदेश सभाकाे बैठकले जनकपुरलाई प्रदेश राजधानी बनाउने प्रस्ताव पनि दुई तिहाइ बहुमतले पास गरेकाे छ ।

राजधानी जनकपुरकाे पक्षमा ७८ मत परेकाे छ ।

राजधानी जनकपुरकाे पक्षमा दुई तिहाइ बहुमत प्राप्त भएपछि अन्य प्रस्तावहरु अस्विकृत भएको घोषणा प्रदेश सभाका सभामुख सरोज यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्