स्थानीय निर्वाचन वैशाखमै गर्न सत्तारुढ गठबन्धन सहमत

सरकारले आगामी वैशाखमै स्थानीय निर्वाचन गर्ने भएकाे छ ।

सरकार सञ्चालनका लागि गठित पाँच दलीय समन्वय समितिकाे बैठकले संविधानमा व्यवस्था भए अनुसार वैशाखमै स्थानीय निर्वाचन हुनुपर्ने सहमति जुटाएकाे छ ।

बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे थियाे । जसमा स्थानीय तहकाे निर्वाचनबारे छलफल भएकाे थियाे ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्ने सहमति जुटेकाे बताए ।

यसबारे थप गृहकार्य गरी पुनः बैठक बस्नेछ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियाे ।

बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको जीत कसरी सुनिश्चित गराउने भन्नेबारे पनि छलफल भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्