मन्त्री आलेको सचिवालयका थप दुई जनामा काेराेना सङ्क्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

सोमबार गरिएको कोरोना परीक्षणमा उहाँहरू दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेशनमा रहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्