नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।
बैंकक र चीनमा लामाे समय उपचार गरेर साेमबार साँझ स्वदेश आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् ।
उनले भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।’
वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदा समेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि गत १० मंसिरमा चीन लगिएको थियो ।
हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस)को मात्रा नियन्त्रित अवस्थामा रहेको जनाइएकाे छ ।
महासचिव पदका पुनकाे दाबी रहेकाेले माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

