कांग्रेस नेता इन्द्रबहादुर गुरुङले दिए क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा

नेपाली कांग्रेसका पूराना नेता इन्द्रबहादुर गुरुङले पार्टीकाे जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

कांग्रेस निकट नेपाल आदिवासी जनजाति संघको सभापति समेत रहेका उनले संघकाे सभापति र पार्टीकाे क्रियाशील सदस्यताबाट राजीनामा दिएका हुन् ।

२०१७ सालदेखि कांग्रेसमा क्रियाशील रहेका उनले पार्टीले आदिवासी जनजातिका मुद्दालाई बेवास्ता गर्दै आएको भन्दै संघकाे सभापतिबाट राजीनामा दिएका हुन् ।

उनले पार्टीकाे महाधिवेसनमा आदिवासी जनजाति संघको तर्फबाट प्रतिनिधि भएर सहभागी हुन नदिएको, आदिवासी जनजातिका चाडपर्वमा दिइने बिदा कटौती हुँदा पार्टीले बेवास्ता लगायत आरोप लगाएका छन् ।

‘कुनै जातिहरुलाई भातृ संगठन कुनै जातिलाई शुभेच्छुक संगठन कुनै जातिलाई वास्तै नगर्नु साथै जातीय जनसंख्याको आधारमा भातृ संस्थाहरुले पाउने महाधिवेशन प्रतिनिधि नेपाल आदिवासी जनजाति संघले नपाउँदा हामीले सबै जात–जातिहरुलाई समेट्न सकेको अवस्था छैन, जसले गर्दा विभिन्न किसिमको समस्याहरु हामीले व्यहोर्नु परेको अवस्था छ’, राजीनामा पत्रमा भनिएकाे छ, ‘कतिपय आदिवासी जनजातिले ज्यान लिन सक्ने धम्कीसमेत मैले सहनुपर्ने अवस्था भएको हुँदा र पार्टीले आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरुले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्दा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दु राष्ट्र घोषणाको धर्मनिरपेक्षको खारेजको चिन्ता लिनु नेपाली कांग्रेसले रुखमा भोट माग्नु पर्ने ठाउँमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट उपगुट समुहमा ध्यान दिने आदि कारणले म आजको मिति देखी नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशिल सदस्यताबाट समेत राजीनामा गर्दछु ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. अब तपाईको चाहाना अनुसारको उपयुक्त पार्टी रोज्नुस् जातीय पहिचान स्थापीत गर्न ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्