Sunday, December 4, 2022
16.9 C
Diktel

जेठमै चुनाव गर्दा पनि हामीलाई आपत्ति छैन : अशोक राई

तर पहिले विवाद निरुपण गर्नुपर्यो

Subtitle

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले आगामी जेठमै स्थानीय चुनाव गर्दा पनि आफूहरुका लागि कुनै आपत्ति नहुने बताएका छन् ।

आज प्रदेश नं १ को धरानस्थित पत्रकार महासंघकाे कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै नेता राईले सो कुरा बताएका हुन् ।

उनले हाल स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुअघि कि सकिएपछि चुनाव गर्ने ? भन्ने विवाद सिर्जना भएकोले पहिले यो विवाद निरुपण गर्नुपर्ने बताए ।

‘सबभन्दा पहिलो कुरो संविधान र ऐन बाझियो भन्ने कुरो आएपछि यो विवादको निरुपण हुनुपर्छ,’ उनले भने, ‘संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने भन्ने छ र ऐनमा कार्यकाल सकिनुभन्दा अगाडि नै गराउनुपर्ने भन्ने छ । सामान्यतः संविधानसँग बाझिएको कानुन निष्कृय हुने प्रचलन हो । हामीलाई जेठमै चुनाव भयो भने पनि केही आपत्ति छैन । तर ऐन र संविधान बाझिनुभएन, यसलाई एकरुपता दिएर अघि जानुपर्छ ।’

सञ्चारमाध्यममा आएको जसपाभित्रको विवादबारे सोधिएको प्रश्नमा उनले लोकतान्त्रिक पार्टीभित्र मत मतान्तर हुनुले ठूलो अर्थ नराख्ने बताए ।

एमसीसीका कारण विवाद भएको हो कि ? भन्ने प्रश्नमा उनले हालसम्म पार्टीभित्र यसबारे छलफल नै नभएको र यसबारे व्यक्तिगत रुपमा नेताहरुको मत फरक फरक हुन सक्ने बताए ।

उनले आफू भने एमसीसीका केही घातक सर्तहरु परिमार्जन गरी एमसीसी स्वीकार गर्न सकिने पक्षमा रहेको बताए ।

सो क्रममा उनले प्रदेश नं १ को नाम किरात लिम्बुवान वा लिम्बुवान किरात राख्नुपर्ने बताए ।

उनले अहिलेको प्रदेशको संरचनामै आफूहरुको असहमति रहेको भन्दै डा. मदन परियार नेतृत्वको आयोगले दिएको प्रतिवेदन अनुसार प्रदेशको संरचना बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्