जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेपाल–चीन सीमाना रसुवागढीमा अचानक आएको बाढीबाट बेपत्ता भएकाहरूको खोजी कार्यमा सरकार गम्भीरता पूर्वक लाग्नुपर्ने बताएका छन्।

नेता राईले बाढीबाट ९ जनाको मृत्यु भएको र १९ जना बेपत्ता भएको भन्दै बेपत्ताहरूको खोजीमा सरकारका सरोकारवाला निकायहरू गम्भीरतापूर्वक लाग्न आवश्यक रहेको जनाए।

उनले बाढीबाट मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here