फुट्दै लाेकतान्त्रिक समाजवादी पार्टी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किँदै गएको छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर ६ महिनाअघि बनेका लोसपाभित्रकै एउटा समूह नयाँ पार्टी बनाउनमा लागेका छन् ।

पार्टीका एक नेताका अनुसार केही नेताहरु तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउने अभियानमा जुटेका छन् ।

तत्कालीन राजपाका उपाध्यक्ष एवं राष्ट्रियसभाका पूर्वसदस्य वृषेशचन्द्र लाल, पूर्वसांसद डा.विजयकुमार सिंहलगायतका नेता तमलोपालाई सक्रिय बनाउने अभियानका अगुवाइ गरिरहेका छन् ।

जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भइसकेको छ । धनुषाका रविशंकर लाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो । कर्ण लोसपा नेता लालनिकट मानिन्छन् ।

केही दिनभित्र अभियानको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको तमलोपाआवद्ध नेता तथा कार्यकर्ता अहिले मधेसका जिल्ला संगठन विस्तारतर्फ केन्द्रित छन् ।

हिजो मात्रै महोत्तरीको रामगोपालपुरमा बैठक बसेको थियो । बैठकमा सहभागी सबैले मधेशमा बैकल्पिक शक्ति बनाउने प्रतिबद्धता जनाएका थिए । राजधानी दैनिक

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्