स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारकाे निर्णय

सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेकाे हाे ।

सत्तारुढ गठबन्धनले जेठभित्र निर्वाचन गर्ने बताएपछि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेकाे थियाे ।

स्थानीय तह निर्वाचन ऐन अनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गते सकिनेछ ।

संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।

जेठ ४ गते निर्वाचन गर्दा स्थानीय तह केहीदिन जनप्रतिनिधिविहीन हुने भएकाेले सरकारले वैशाख ३० गते नै निर्वाचन गर्ने निर्णय गरेकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्