Tuesday, October 3, 2023

उपेन्द्र मधेसी भन्दा नदेख्ने, अशोक नबोल्ने, बाबुराम एमसीसी पास गर्ने

जनता समाजवादी पार्टी (जसपा) फुट्न लागेको समाचार आइरहेका बेला केन्द्रीय सदस्य जुद्ध ढाक्रेले तीन प्रमुख नेताहरुको कार्यशैलीको आलोचना गरेका छन् ।

ढाक्रेले सामाजिक सञ्जालमार्फत जसपाकाे संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईकाे शैलीबारे आलोचनात्मक टिप्पणी गरेका छन् ।

उनले उपेन्द्र यादवले पार्टीमा मधेसी बाहेक कार्यकर्ताहरुलाई नदेख्ने, अशोक राई पार्टीकाे बैठकमा नबोल्ने र केहीको मात्र कुरा सुन्ने र डा. बाबुराम भट्टराई पार्टीभित्र छलफल र अनुमोदन नै नगरी एमसीसी पास गर्नुपर्छ भन्दै हिड्ने गरेको भनी आलोचना गरेका हुन् ।

शीर्ष नेताहरुको यही शैलीका कारण पार्टी विवादमा परेकाे र कार्यकर्ताहरुले पनि न्याय पाउने अवस्था नभएकाे उनको भनाइ छ ।

‘जसपामा विवादको कुरा उठ्न थालेको छ । शीर्षस्थ नेता भनाउँदाहरुले कार्यकर्ताहरुलाई न्याय दिन सकेका छैनन्,’ फेसबुकमा उनले लेखेका छन्, ‘उपेन्द्र मधेसी बाहेक नदेख्ने, अशोक नबोली केहीको मात्रै कुरा सुन्ने र डा. पार्टीमा अनुमोदन नगरी एमसीसी पास गर्नुपर्छ भन्ने यो ठिक भएन ।’

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्