नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, लोकतन्त्र र राष्ट्रियताका लागि गठबन्धन बनेको बताएका छन् ।
माओवादीकाे २७औं जनयुद्ध दिवसकाे अवसरमा आइतबार काठमाडौंकाे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले याे कुरा बताएका हुन् ।
उनले भने, ‘गठबन्धन सुदृढ वा कमजोर बन्ने कुरालाई त्यही मान्यता अनुरुप अघि बढाउनुपर्छ । संविधान, लोकतन्त्र राष्ट्रियताको रक्षाका लागि गठबन्धन गरिएको हो । कुनै परियोजनासँग होइन ।’
अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न खोजिएको बताउँदै उनले कुनै देश विशेषसँग गरिएको सम्झौताको आधारमा गठबन्धन नगरिएको प्रष्ट पारे ।