यी हुन् खाली कागजमा हस्ताक्षर गर्न नमान्ने एमालेका पाँच सांसद

नेकपा एमालेका पाँच जना सांसदहरुले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

भीम रावल, घनश्याम भुसाल, झपटबहादुर रावल, पवित्रा निरौला खरेल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

भीम रावलले लिखित रुपमै असहति राखेका थिए भने अन्य चारले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

हस्ताक्षर गर्न अस्वीकार गरेका सांसद झपट रावलले प्रयोजन थाहा नपाएका कारण हस्ताक्षर नगरिएको बताए । उनले प्रतिशोधको राजनीति गर्न नहुने भन्दै चित्त नबुझेको कुरा जनतामा भन्नुपर्ने बताए ।

एमालेले आवश्यक पर्न सक्ने भन्दै साेमबार आफ्ना सांसदहरुको खाली कागजमा हस्ताक्षर गराएको थियाे ।

हस्ताक्षरबारे एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘सम्पूर्ण सांसदहरुको हस्ताक्षर गरेर राखेका छौँ । आवश्यक परेको ठाउँमा ती चिजहरुलाई उच्चस्तरीय नेतृत्वमा छलफल गरेर अगाडि बढाउने कुरा हुन्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्