माओवादी र नेकपा एसका नेताहरु एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता तथा कृष्णनगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष गुरुशरण सिंह (बन्टी सरदार) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार बाणगंगामा भएकाे एमाले कपिलवस्तुको दोस्रो पूर्ण बैठकमा सिंह एमालेमा प्रवेश गरेका हुन् ।

एमाले कृष्णनगर नगर कमिटीका सचिवालय सदस्य मिर्जा राशिद वेगको पहलमा सिंहसहित हिम्मत सिंह, आत्मजीत सिंह, रामचन्द्र जयसवाल एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार नै नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव सर्बेन्द्र खनालसहित ७ जना एमालेमा प्रवेश गरेकाे एमाले कपिलवस्तुले जनाएकाे छ ।

नेकपा एसका जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्लीराज पान्डे, भीमप्रसाद भट्टराई, सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गरेकाे एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले बताए ।

एमालेमा प्रवेश गरेका गुरुशरण सिंहले आउने स्थानीय चुनावमा नगर कमिटी तथा पार्टीको निर्देशनअनुसार अगाडि बढ्ने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्