यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिदैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी स्वीकार्य नहुने जनाएकाे छ ।

शनिबार बसेको स्थायी कमिटी दशाैं बैठकले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘एमसीसीको विषयमा छलफल भयो । यथास्थितिमा एमसीसीको सर्तको अधिनमा पारित गर्न सकिँदैन ।’

यसअघि नेकपा एमालेमा रहेका बेला हाल एकीकृत समाजवादीका नेता झलनाथ खनालकाे संयाेजकत्वमा गठित कार्यदलले बुझाएकाे प्रतिवेदनमा पनि यथास्थितिमा एमसीसी स्वीकार गर्न नहुने उल्लेख थियाे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img