यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिदैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी स्वीकार्य नहुने जनाएकाे छ ।

शनिबार बसेको स्थायी कमिटी दशाैं बैठकले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘एमसीसीको विषयमा छलफल भयो । यथास्थितिमा एमसीसीको सर्तको अधिनमा पारित गर्न सकिँदैन ।’

यसअघि नेकपा एमालेमा रहेका बेला हाल एकीकृत समाजवादीका नेता झलनाथ खनालकाे संयाेजकत्वमा गठित कार्यदलले बुझाएकाे प्रतिवेदनमा पनि यथास्थितिमा एमसीसी स्वीकार गर्न नहुने उल्लेख थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्