‘एमसीसीलाई गिजोलिरहने हो भने चाहिँ अमेरिका र चीनको हस्तक्षेप बढ्छ’

जनजाति समुदायका अग्रज पत्रकार खिम घलेले एमसीसीलाई गिजोलिरहने अवस्था रह्यो भने नेपालमा वैदेशिक हस्तक्षेप बढ्ने बताएका छन् ।

यही कारण अब एमसीसी पास गरेर जानुपर्ने उनको भनाइ छ ।

उनले एमसीसीकै कारण वर्तमान गठबन्धन नतोडिने समेत बताएका छन् । एमसीसी संसदबाट पास गर्दा जनमत पनि नभड्किने उनको भनाइ छ ।

नेकपा एमाले समर्थित पत्रकार मानिने उनले अब एमालेले एमसीसी एक विकासको अनुदान हो भन्ने कुरा जनताको तहमा गएर प्रष्ट पार्नुपर्ने औंल्याएका छन् ।

फेसबुकबाट उनले भनेका छन्, ‘एमाले नेतृत्वले अब एमसीसी एक विकास अनुदान रहेको कुरालाई स्पष्ट पार्दै विकास समृद्धिमा आफ्नाे विश्वास स्पष्ट पार्ने बेला आएको छ । यो मामिलामा आफ्नाे कित्ता स्पष्ट पार्न नसक्नु भनेको पिपलपाते अवस्था हो ।’

हाइलाइट्स् टुरिजम डटकमका सम्पादक रहेका उनले एमसीसीलाई गिजोलिरहने अवस्था रह्याे भने चाहिँ नेपालमा अमेरिका र चीनको हस्तक्षेप बढ्ने चेतावनी दिएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्