जसपा विभाजनको खतरामा पुगेपछि अध्यक्ष यादवले बोलाए बैठक

सामूहिक नेतृत्व र एमसीसी विवादले पार्टी विभाजनको खतरामा पुगेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

बैठक फागुन १३ गते विहान ११ बजेदेखि ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । जसमा स्थानीय निर्वाचन, पार्टीको विधान अधिवेशन र एमसीसीको विषयमा छलफल हुनेछ ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने तयारी गरेको छ ।

यसबेला जसपाभित्र भने विधान अनुसार खाली रहेको एक अध्यक्षको पूर्ति गर्ने कि नगर्ने तथा एमसीसीको पक्षमा उभिने कि विरोध गर्ने भन्नेमा विवाद छ ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी नेपालले लिनुपर्ने बताउँदै आएका छन् । तर, यसबारे जसपाले कुनै छलफल समेत गरेकाे छैन ।

जसपाको विधानमा केन्द्रीय समितिमा दुईजना अध्यक्ष रहने उल्लेख छ ।

उक्त पदमा रहेका महन्थ ठाकुरले पार्टी फुटाएर गएपछि उक्त पद रिक्त छ । जसमा जसपाको वरिष्ठ नेता अशोक राईलाई ल्याउनुपर्ने कुरा नेता भट्टराई पक्षले बुलन्द पारेका छन् ।

तर, यसमा अध्यक्ष यादव तयार छैनन् भने राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ पनि यादवको लाइनमा छन् ।

पार्टीले गर्ने महत्वपूर्ण निर्णयहरुमा अध्यक्ष यादवले एक्लौटी गरेको आरोप लाग्ने गरेको छ । जसलाई भट्टराई पक्षले उठाउँदै आएको छ ।

वरिष्ठ नेता राई यसबारे मौन रहँदै आएका छन् ।

एमसीसीबारे नेता राईले संशोधन भए मात्र लिनुपर्ने अभिव्यक्ति दिएका थिए भने नेता यादव मौन रहँदै आएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्