जसपाले भन्यो : प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’

प्रदेश १ को नाम के राख्ने ? भन्ने चर्को बहस चलिरहेका बेला जनता समाजवादी पार्टीले प्रदेशको नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश’ राख्नुपर्ने जनाएको छ ।

जसपा प्रदेश १ समितिका अध्यक्ष प्रविण चाम्लिङले मंगलबार प्रेस विज्ञप्ति जारी गरी किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश नाम राख्नुपर्ने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं १ लाई किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश नामकरण गर्नुपर्दछ भन्ने जसपाको प्रस्तावलाई समर्थन गरिदिन प्रदेशसभा सदस्यज्यूहरु, राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, बुद्धिजीवी लगायत तमाम प्रदेशवासी आमाबाबु, दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक अपील गर्दछौं ।’

२०७७ साल असोज २३–२४ गते दमकमा बसेको प्रदेश पदाधिकारी बैठकले नै किरात–लिम्बुवान–मधेस–शेर्पालुङ प्रदेश नामकरण गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश १ काे नामकरणबारे प्रदेश समितिले याे धारणा राखे पनि केन्द्रीय समिति माैन बसेकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्