जसपाभित्र बाबुराम भट्टराई समूहकाे छुट्टै बैठक

जनता समाजवादी पार्टीभित्र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहका नेताहरु छुट्टै बैठक बस्ने तयारी गरिरहेका छन् ।

केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएपछि भट्टराई समूहका नेताहरु भोलि (फागुन ११ गते) काठमाडौंको तीनकुनेमा बस्न लागेका हुन् ।

भट्टराई पक्षका नेताहरु एमसीसी संसदबाट पास गर्नुपर्नेमा छन् ।

जसपाका केन्द्रीय सदस्य पूर्ण बस्नेतले भट्टराई पक्षका नेताहरु छुट्टै बैठक बस्न लागेको बताए । यसले पार्टी विभाजनलाई बल पुग्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

भट्टराई पक्षका नेताहरु छुट्टै बैठक बस्न लागेको कुरा उनले फेसबुकमा पनि उल्लेख गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्