जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समीकरण बनाएर भए पनि एमसीसी पास गर्नुपर्ने बताएका छन् ।
एमसीसी पास नगर्दा देश झन् ठुलो सामरिक द्वन्दमा फस्ने उनकाे भनाइ छ ।
भट्टराईले जसपा फुटाउने समाचार आइरहेका बेला उनले याे अभिव्यक्ति दिएका हुन् । उनले एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको बताए ।
उनले गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बनाउनुपर्ने दुई मात्रै विकल्प भएकाे बताए ।
ट्वीटरमा उनले लेखेका छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दुमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपर्यो ! अर्को बाटो छैन !’
MCCको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो।सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न।यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाॅ समीकरण बन्नुपर्यो!अर्को बाटो छैन!
— Baburam Bhattarai (@brb1954) February 22, 2022



