जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज गणेशमान गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई स्वागत गरेका छन् ।
एमालेमा प्रवेश गरेसँगै उनले अहिलेको नेता केपी ओली नै रहेको जिकिर गरे ।
उनले भने, ‘अहिलेको नेता भनेको केपी ओली हो । हाम्रो गुरुङहरु भन्छन् मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे र ? त्यसरी नै अरु के पार्टी ? एमाले पो पार्टी, अरु के नेता ? केपी ओली पो नेता ।’
उनले अबको जीवन एमालेमा रहेर बिताउने घोषणा पनि गरे ।
गुरुङ अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी निर्माण हुँदादेखि नै जनजाति आन्दोलनमा लागेका थिए ।
हाल जनता समाजवादी पार्टी विवाद र विभाजनको अवस्थामा पुगेका बेला उनी एमालेमा गएका हुन् ।