जसपा बैठक : एमसीसीमा शनिबार छलफल गरिने, उम्मेदवार छनोटबारे यस्ताे गरियाे निर्णय

जनता समाजवादी पार्टीले एमसीसीको विषयमा भोलि शनिबार चल्ने बैठकमा छलफल गर्ने भएको छ ।

शुक्रबारको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल गरी केही निर्णय गरिएको छ ।

जसपाकी केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार तय गर्ने र चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको छ ।

उम्मेदवार तय गर्दा गाउँपालिका र नगरपालिकाकाे वडा तहकाे उम्मेदवारहरु सम्बन्धित गाउँपालिका र नगरपालिका समितिले नै टुंगाे लगाउने,

गाउँपालिका र नगरपालिकाकाे अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख लगायत उम्मेदवारहरु जिल्ला समन्वय समितिले टुंगाे लगाउने, उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख लगायत उम्मेदवारहरु सम्बन्धित प्रदेश समितिले टुंगाे लगाउने

र, महानगरपालिकाको प्रमुख र उपप्रमुखकाे उम्मेदवार पार्टीकाे केन्द्रले टुंगो लगाउने निर्णय गरिएको श्रेष्ठले बताइन् ।

प्रदेश समितिले छलफल तथा निर्णय गर्दा पहिचानमा आधारित राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारीहरुलाई अनिवार्य रुपमा बैठकमा सहभागी गराउनुपर्ने छ ।

उम्मेदवारहरुका सम्बन्धमा विवाद वा समस्या सिर्जना भए पार्टीकाे एक तह माथिकाे समितिले निर्णय गर्ने पनि निर्णय गरिएकाे छ ।

नेतृ श्रेषठका अनुसार उम्मेदवारहरुका सम्बन्धमा समस्या सिर्जना भएकाे खण्डमा समाधान गर्नका लागि केन्द्रमा पनि एउटा कार्यदल बनाइने छ ।

एमसीसी, स्थानीय तहको निर्वाचन र पार्टीको विधान अधिवेशनका विषयमा छलफल गर्ने गरी शुक्रबारदेखि ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्