नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अहिलेकाे सत्ता गठबन्धन चाडै भत्किने बताएका छन् । सत्ता गठबन्धन भत्किएर नयाँ ध्रवीकरण हुने उनकाे भनाइ छ ।
एमालेले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले साे कुरा बताएका हुन् ।
उनले भने, ‘यो स्वार्थले बनेको अवसरवादीहरुको गठबन्धन हो, अवसरवादीहरुले एमालेलाई एक्ल्याउन खोजेका थिए । एमसीसीकै कारण अबको एक दुई दिनमा गठबन्धन भत्किन्छ र, राष्ट्रिय राजनीतिमा ध्रुवीकरण हुन्छ ।’