जसपाकाे विधान अधिवेशन आगामी असार १ र २ गते

जनता समाजवादी पार्टीको विधान अधिवेशन आगामी २०७९ असार १ र २ गते गरिने भएको छ ।

जसपाको गत फागुन १६ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको मिति तोकेको हो ।

यसैगरी जसपाको संघीय परिषद्को बैठक आगामी फागुन २८ गते गर्ने निर्णय गरिएको छ । उक्त बैठक लगत्तै फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरिएको छ ।

जसपाका केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले हिजो प्रेस नोट जारी गरी बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
बैठक सञ्चालन हुने स्थान र समय भने हाल तोकिएको छैन ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img