कांग्रेसमा जाने तयारी गरेका जसपा नेता विजय सरावगी एमालेमा प्रवेश

जनता समाजवादी पार्टीका नेता तथा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा जसपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरिरहेका सरावगी एक्कासी एमालेमा प्रवेश गरेका हुन् ।

व्यापारीसमेत रहेका सरावगीलाई आज वीरगञ्जमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् ।

उनलाई एमाले प्रवेश गराउनका लागि व्यापारी नै रहेका एमाले नेता मोती दुगडले पहल गरेका थिए । सो कुरा उनले कार्यक्रममै बताए ।

उनले भने, ‘म यस पार्टीमा झण्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेको थिएँ । तर मेरा साथी पूर्वमन्त्री दाइ मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेट गराइदिनुभयो, त्यसपछि म एमालेमा आए ।’

सरावगी एमाले प्रवेश गर्ने कार्यक्रममा एमाले मधेसका इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु शाह लगायतका नेता थिए ।

सरावगी गएको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट उठेर जितेका थिए ।

उनले एमालेमा प्रवेश गर्दै जसपालाई जातिवादी पार्टीको आरोप लगाए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्