Wednesday, February 8, 2023
11.8 C
Diktel

जेलेन्स्कीकाे अमेरिकी संसदलाई सम्बोधन : बाइडेन हाम्राे पनि नेता हाे

बाइडेन तपाईं संसारको नेता हुनुहोस्

नगेन चाम्लिङ

युक्रेनका राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले अनलाइन भिडियोमार्फत संयुक्त राज्य अमेरिकाको संसदलाई प्रत्यक्ष सम्बोधन गरेका छन् ।

उनको सम्बोधनको मुख्य अंश यस प्रकारको रहेको छ ।

अमेरिकन कंग्रेसका प्रतिनिधिहरु, अमेरिकन जनताहरु, मैले युक्रेनको राजधानी किभबाट तपाईहरुलाई स्वागत गर्न पाउँदा गर्व लागेको छ । अहिले रसियाले युक्रेनमा दैनिक मिसाइल हमला गरिरहेका छन् । अहिलेसम्म एक हजार मिसायलको सामना गर्नु पर्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

तर, यो आक्रमणबाट हार मान्ने छैनौं । हमलाले सबै नागरिकको स्वतन्त्र जीबनमा असर गर्नुका साथै हाम्रो राष्ट्रियता भत्काउने काम भएको छ । उनीहरु साहसी छन्, जसले आफ्नो छोराछोरीहरु रसिया विरुद्धको लडाईमा पठाएर आक्रमणलाई रोक्ने कोसिस गरिरहेका छन् ।

रसियाले मिसायल साथै थलसेना, ट्यांक र हवाईमाध्यमले बरबर आक्रमण गरिरहेका छन् । यो हमला मानिलिनुस् कि ११ सेप्टेम्बर २००१ को न्युयोर्कमा आतंककारी हवाई आक्रमण भएको क्षण हो ।

हामीलाई अहिले सहयोग गर्नुस्, कम्तिमा पनि रसियामा रहेका सबै अमेरिकन कम्पनीहरु बन्द गराउनुस् । ताकि रसियाले हाम्रो विरुद्धमा अमेरिकनको एक पैसा पनि खर्च गर्न नसकोस् । हाम्रो लडाई युक्रेनको लागि मात्र नभएर सबै युरोपियनको प्रतिष्ठाकाे लागि हो । अन्तमा म युक्रेनको नेताको हैसियतले भन्छु कि, बाइडेन तपाईं संसारको नेता हुनुहोस् भनी शुभेक्षा प्रकट गर्दछु र त्यसको मतलब तपाई यसको (युक्रेनको) पनि नेता हो, धन्यवाद ।

हिजाे स्थानीय युक्रेनको मध्यान्ह तथा अमेरिकाको बिहानकाे समयमा जेलेन्स्कीले सम्बोधनमा करिब २० मिनेट खर्चेका थिए ।

सम्बोधनको क्रममा उनी अफिसियल पहिरनमा नभई हरियो भेष्टमा युक्रेनको झण्डा टेवल छेउमा ठड्याएर सजाएको देखिन्छ भने पछाडि सेतो रंगको कोठाको भित्ता रहेको छ ।

उनको सम्बोधनको क्रममा केही समय लिएर रसियाको आक्रमणको तस्बिर र भिडियोको फुटेजहरु समेत प्रदर्शन गरिएको थियो ।

जेलेन्स्कीकाे सम्बोधनमा सामेल हुन अमेरिकी संसद भवनमा अमेरिकी संसदका सभामुख न्येन्सी पलोसी र अन्य सांसद सँगै संयुक्त राज्य अमेरिकाका लागि युक्रेनी राजदुत माकारोभाको पनि उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्