नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनको प्रचार प्रसारमा जुट्नु सबैमा आव्हान गरेका छन् ।
आज काठमाडैंमा आयोजित होली पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा उनले पार्टीको चुनाव चिन्ह ‘कलम’को कमाल स्थानीय चुनावमा देखिनुपर्ने बताए ।
उनले सत्य र न्यायको प्रतिकमा रहेको कलम, प्रचार अभियानमा गाउँ–बस्तीमा जुटौं भन्दै पार्टी, संगठन र जनपरिचालनमा जुट्न आव्हान गरे ।
पार्टीको सामथ्र्य राष्ट्रिय सभाको चुनामा देखाइसकेको र अब स्थानीय चुनावमा पनि सामथ्र्य देखाउनुपर्ने उनले बताए ।