चैत २० गतेभित्र सबै उम्मेदवारहरु चयन गर्न जसपाको निर्देशन

जनता समाजवादी पार्टीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चैत २० गतेभित्र उम्मेदवारहरु चयन गरिसक्न पार्टी समितिहरुलाई निर्देशन दिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आज पार्टीकाे ‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७८’काे आधारमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवारहरु चैत २० गतेभित्रै चयन गर्न निर्देशनसहितको परिपत्र गरेका हुन् ।

जसमा निर्धारित समयमै उम्मेदवार चयन गरी सोको जानकारी प्रदेश समितिमार्फत पार्टी कार्यालयलाई गराउनू भनिएको छ ।

जसपाले वडा तहको उम्मेदवार गाउँपालिका र नगरपालिकाले, नगरपालिका र गाउँपालिकाको उम्मेदवार जिल्ला समितिले, उपमहानगरपालिकाको उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको उम्मेदावर केन्द्रले टुंगो लगाउने गरी निर्देशिका बनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्