Wednesday, November 30, 2022
16 C
Diktel

खिजिदेम्बा-१ मा जसपाकाे वडा समिति गठन, पालिका अध्यक्षमा गम्बु शेर्पालाई जिताउनुस्

Subtitle

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं १ मा जनता समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ ।

बेदबहादुर सुनुवारको अध्यक्षतामा, उपाध्यक्ष इन्द्रबहादुर तामाङ, लक्ष्मी तामाङ, सचिव बमबहादुर सुनुवार, कोषाध्यक्ष मैया तामाङ र सहकोषाध्यक्ष धनमाया श्रेष्ठ रहेको समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा जीवन सुनुवार, धनबहादुर सुनुवार, लोकबहादुर सुनुवार, बुद्धिबहादुर सुनुवार, राजन सुनुवार, तोबबहादुर खत्री, प्रकाश सुनुवार, मन श्रेष्ठ, कल्पना भुजेल, केशरध्वज सुनुवार, विजय सुनुवार र लोक सुनुवार छन् ।

जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज नवीनकुमार सुनुवार, केन्द्रीय सदस्य लाक्पा शेर्पा, रविन्द्र थिङ, जिल्ला सचिव गम्बु शेर्पा लगायत नेताको उपस्थितिमा वडा समिति गठन गरिएको हो ।

सो क्रममा केन्द्रीय सदस्य नवीनकुमार सुनुवारले जसपाले जनताको बिचमा झुटो नारा नलाउने बताए ।

उनले जसपाले जनतालाई अधिारसम्पन्न बनाएर सत्तामा पुर्याउने भएकोले अबको निर्वाचनमा भोट दिन आग्रह पनि गरे ।

केन्द्रीय सदस्य लाक्पा शेर्पा र रवीन्द्र थिङले अमेरिकाको सुखसयल छोडेर जनताको सेवा गर्न नेपाल आएका नेता गम्बु शेर्पालाई गाउँपालिकाको अध्यक्षमा मत दिएर जिताउन आग्रह गरे ।

कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय कोषाध्यक्ष कुमार सुनुवार, सचिव निर्मल सुनुवार पनि थिए ।
कार्यक्रम जिल्ला अध्यक्ष खेमराज खड्काको अध्यक्षतामा भएको थियो ।

1 COMMENT

  1. हाम्रो गाउँ ठाउँ बिकास को लागि भिजन भएको ब्यक्ति खडा हुनु भएको छ।
    वार्ड र टोलको लागि पनि भिजन भएकै ब्यक्ति
    प्रभाव पार्ने, चुनाव पछि झन मिजासिलो, ब्याक्ती चुन्न एक दम आबश्यक छ जस्तो लाग्छ।
    अग्रिम बधाई छ। हजुर।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्