माओवादीले चुनाव हार्‍यो भने देश दुर्घटनामा जान्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबकाे चुनावमा माओवादीले जित्नैपर्ने बताएका छन् ।

माओवादीले नजिते संविधान खतरामा पर्ने उनले बताए ।

आज सिन्धुलीमा आयाेजति कार्यक्रममा उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई सामान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘यो निर्वाचन सामान्य निर्वाचन नठान्नुहोला, यो निर्वाचन हामीले हार्‍यौं भने संविधान, गणतन्त्र, जनयुद्धको उपलब्धि, शान्ति प्रक्रिया हार्ने खतरा छ,’ उनले भने, ‘हामीले जित्नैपर्छ । आज हामीले संकल्प गर्नैपर्छ, रातदिन सुत्नु हुँदैन ।‘

माओवादीले चुनाव हारे देश दुर्घटनामा जाने उनकाे भनाइ छ ।

‘प्रतिक्रियावादीहरुले माओवादी केन्द्रको नेतृत्वलाई आक्रमण गर्ने प्रयास गरिरहेका छन् । वामपन्थी एकजुट भएर अघि नबढ्ने हो भने देश दुर्घटनामा पर्न सक्छ । सदन चल्न नदिने शक्ति छ । विघटन गर्न चाहने प्रवृत्ति अहिले पनि कायम छन् । लोकतन्त्र खारेज गर्ने शक्तिलाई सडकबाट हामीले परास्त गरेकै हो । तर अहिले रिल्याक्स गर्ने अवस्था छैन,’ उनले भने ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्