प्रचण्डकाे क्यारिक्याचर गर्ने कलाकार प्रदीप पाठक जसपामा प्रवेश

कलाकार प्रदीप पाठक जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आज जसपाका वरिष्ठ नेता अशोक राईले काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा कलाकार पाठकलाई अविरको टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

कलाकार पाठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्यारीक्याचर गर्दथे ।
उनले थुप्रै कार्यक्रममा प्रचण्डको भूमिकामा कला देखाएका थिए ।

काभ्रेस्थित तेमाल गाउँपालिका–१ घर भएका कलाकार पाठक जसपाका संघीय परिषद् सदस्य धनबहादुर तामाङको पहलमा जसपा प्रवेश गरेका हुन् ।

सो क्रममा जसपाका वरिष्ठ नेता राईले पार्टीको विचारबारे जानकारी गराउँदै प्रतिवद्ध भएर लाग्नका लागि शुभकामना दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाठक वडाअध्यक्षको उम्मेदवार बन्ने बताइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्