Tuesday, October 3, 2023

दिक्तेल रुपाकोट मझुवागढी नगरकाे विद्यार्थीमा सञ्जिव, युवामा सुरेन्द्र

समाजवादी विद्यार्थी युनियन दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको अध्यक्षमा सञ्जिव राई चयन भएका छन् ।

खोटाङको दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा आज भएको युनियनको प्रथम नगर सम्मेलनले राईको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कविता राई, सचिवमा रामप्रसाद घिमिरे, सहसचिवमा संगम राई, कोषाध्यक्षमा उषा परियार छन् ।
युनियन जनता समाजवादी पार्टीको विद्यार्थी संगठन हो ।

सो अवसरमा जसपा निकट समाजवादी युवा संघको दिक्तेल रुपाकोट मझुवागढी नगर समिति समेत गठन गरिएको छ ।

संघको अध्यक्षमा सुरेन्द्र राई, उपाध्यक्षमा दुगम राई, लेकबहादुर खत्री, शान्तिराम भुजेल, सचिवमा मन्तोष राई, सहसचिवमा अभिनय राई, जगत राई, कोषाध्यक्षमा इस्मिता राई चयन भएकी छन् । समितिमा जम्मा ३५ सदस्य छन् ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई प्रमुख अतिथि थिए ।

यसैगरी पार्टीका केन्द्रीयहरु सदस्य डा. केके राई, देवराज राई, सूर्यबहादुर राई, प्रदेश १ सदस्य मोहन गुरुङ, खोटाङ जिल्ला समितिका अध्यक्ष टंक थापा, संघीय परिषद सदस्य कर्णबहादुर कार्की, सुनिल राई, खोटाङ जिल्ला समितिका सचिव तथा किरात राष्ट्रिय समितिका उपाध्यक्ष प्रेम राई, समाजवादी युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला समितिका सहसचिव टीकाराम राई, समाजवादी युवा संघका प्रदेश १ उपाध्यक्ष दिपक तामाङ, समाजवादी विद्यार्थी युनियन प्रदेश १ का अध्यक्ष तथा केन्द्रीय सदस्य रविन खम्बू, पार्टीको नगर समिति अध्यक्ष निर्मल राई लगायतका नेता अतिथि थिए ।

तस्बिर, रविन खम्बू ।

कार्यक्रम समाजवादी युवा संघ खोटाङका अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा भएको थियो भने समाजवादी विद्यार्थी युनियन प्रदेश १ का मुख्य सचिव कृष्ण गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्