साकेला गाउँपालिकाको नेतृत्व लिने मेरो पनि चाहना छ : एमाले नेता खड्का

केन्द्रमा जे जस्तो गठबन्धन भए पनि स्थानीयमा जुनसुकै दलसँग मिलेर जान सकिन्छ

नेकपा एमाले साकेला गाउँपालिकाका इन्चार्ज गोपीकृष्ण खड्काले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा अघि बढ्ने चाहना व्यक्त गरेका छन् ।

पार्टीले जिम्मेवारी दिए गाउँपालिकाको नेतृत्व गर्ने आफ्नाे चाहना रहेको उनले बताए ।

‘पार्टीमा योगदान गरियो, समाजसेवा विकास निर्माण गाउँठाउँमा सकेको काम गरिएको छ । अहिलेसम्म राजनीति भनेरै लागियो,’ साल्पा अनलाइनसँग उनले भने, ‘पार्टीले जिम्मेवारी दिन्छ भने साकेला गाउँपालिकामा नेतृत्व लिने मेरो पनि चाहना छ ।’

तर, पार्टीले कसलाई अगाडि सार्दा निर्वाचन जित्छ भन्ने छलफल गरेरमात्रै उम्मेदवारको टुंगो लगाउने उनले बताए ।

स्थानीय निर्वाचनको मिति नजिकिदै गरेको भए पनि पार्टीभित्र निर्वाचन तथा उम्मेदवारबारे गहन छलफल हुन बाँकी रहेको उनले बताए ।

उनले आगामी चैत १९ गते पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिक्तेलको कार्यक्रममा सहभागी हुने र सोपछि मात्रै खोटाङमा निर्वाचन र उम्मेदवारका सम्बन्धमा गहन छलफल गरिने बताए ।

उनले केन्द्रमा दलहरुका बिचमा जे जस्तो गठबन्धन र विवाद भए पनि स्थानीय तहको निर्वाचनमा जुनसुकै दलसँग पनि मिलेर जान सकिने बताए ।

‘माथि केन्द्रमा गठबन्धन भनेर नेताहरुका बिचमा अनेक विवाद भए पनि स्थानीयमा सबैसँग मिल्न सकिन्छ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘मैले अन्य साथीहरुसँग पनि कुराकानी गरिरहेको छु, सधैंभरि पार्टीगत कित्ताकाट गरेर यो पार्टी त्यो पार्टी भनेर जानु हुँदैन । स्थानीय निकायमा गाउँ बनाउने, विकास गर्ने र समृद्धिका कुरालाई नै अगाडि बढाउनुपर्छ ।’

सो क्रममा उनले जनता कम्युनिष्टप्रति नै आशावादी भए पनि विविध कारणले कम्युनिष्ट पार्टीहरु एक हुन नसकेको बताए ।

‘जनता त कम्युनिष्टहरुप्रति नै आशावादी थिए,’ उनले भने, ‘तर विविध कारणले समाजवाद ल्याउन लागेका हामी कम्युनिष्टहरु एक हुन सकिएन । देशको समृद्धि र जनताको आधारभूत कुराहरु पुरा गर्न सकिएन ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्