एमाले कसैसँग गठबन्धन गर्दैन, एक्लै लड्छ : भट्टराई

एमाले एक्लैले ५० प्रतिशत भन्दा बढी जित्छ

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वैशाख ३० हुने स्थानीय निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् ।

खोटाङको ऐसेलुखर्कमा आज युवा संघले आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ, एक्लै लड्न सकिदैन, त्यसैले हामी मिलौं भन्नुभएछ,’ उनले भने, ‘पाँच वटा दलले पुग्दैनभने प्रधानमन्त्रीज्यू अरु पनि छरिएका कोही छन् भने मिलाउनुस्, एमाले एक्लै लड्छ ।’

उनले नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिए पनि स्थानीय निर्वाचनमा एमाले एक्लैले ५० प्रतिशत भन्दा बढी जित्ने दाबी गरे ।

एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट नमाग्ने प्रष्ट पारे ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img