एमाले नेता तथा पूर्व राज्यमन्त्री गुल्जारी जसपामा प्रवेश

नेकपा एमालेका नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

हिजाे जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा यादव एमाले परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।

यसैगरी नेपाली कांग्रेसका नेता सन्तोष श्रीवास्तव, जनमत पार्टी रुपन्देहीका संगठन विभाग प्रमुख निधिलाल निसाद, एमाले जिल्ला सदस्य पदम थापा मगरसहित ३०० जना जसपामा प्रवेश गरेको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादवले बताए ।

उनीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका थिए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img