Sunday, November 27, 2022
11.1 C
Diktel

गेसो सभापति राई र जसपा नेता किराती माओवादीमा प्रवेश

Subtitle

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनी माओवादीमा प्रवेश गरेका हुन् । उनी नेकपा एमालेनिकट थिए ।

सो अवसरमा जनता समाजवादी पार्टीकाे सोलुखुम्बु जिल्ला अध्यक्ष ज्ञान किराती पनि माओवादीमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका नेता अजम्बर काङमाङ राईकाअनुसार कार्यक्रममा किरातीकाे नेतृत्वमा १०१ जना माओवादीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले खादा लगाएर स्वागत गरेका छन् ।

सो क्रममा अध्यक्ष दाहालले आजको पार्टी प्रवेश कार्यक्रम दीर्घकालीन रणनीतिक महत्वकाे भएको बताएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्