Tuesday, September 26, 2023

खाेटाङकाे हलेसी पुगेका ओलीलाई मायाकाे चिनोस्वरुप खाडीको कपडा प्रदान

खोटाङको हलेसी पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मायाको चिनो स्वरुप खाडीको कपडा प्रदान गरिएको छ ।

त्रिधार्मिकस्थल हलेसीको दर्शन गर्न पुगेका नेता ओलीलाई हलेसीको जनताको तर्फबाट मायाकाे चिनाे स्वरुप खाडीको कपडा प्रदान गरिएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले पहिलाे पटक आज बिहान हलेसीको दर्शन गरेका थिए ।

सोपछि उनी सोही स्थानमा पार्टीको हलेसी तुवाचुङ नगर कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भए ।

कार्यक्रममा नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङले अध्यक्ष ओलीलाई हलेसीको जनताको तर्फबाट खाडीको कपडा प्रदान गरेका हुन् ।

हलेसी तुवाचुङ नगरकाे तुवाचुङ भन्ने ठाउँमा किरातीहरुको आदिम चेली तयामा र खियामाले तान बुनेर कपडा उत्पादन गरेको जनविश्वास छ ।

सोही नगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलाई स्थानीय उत्पादनको रुपमा रहेको खाडीको कपडा प्रदान गरिएको हो ।

सोपछि अध्यक्ष ओली खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा भाग लिन गए थिए ।

तस्बीर : भूपेन्द्रकुमार राईबाट

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्