Wednesday, February 8, 2023
11.8 C
Diktel

माओवादी नेता किरातीद्वारा पार्टी परित्यागको घोषणा

नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र जेरो किरातीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले माओवादी केन्द्र कम्युनिष्ट पार्टीको नाममा एक अवसरवादी भएकोले यसबाट समाजवादी लक्ष्य प्राप्त गर्न नसकिने भन्दै आफूले पार्टी परित्याग गरेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा आफ्नाे भनाइ राख्दै आजकै मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीको जिम्मेवारी छोडेको बताएका हुन् ।

यस्तो छ, उनको विज्ञप्ति :

नेपाली कम्युनिस्ठ क्रान्तिका तमाम क्रान्तिकारी कम्रेडहरु क्रान्तिकारी लाल अभिवादन,

कम्रेडहरु, राजनीतिक निजि जीवनमा विशेषत: विगत १०,१२ वर्ष देखिको सकृय विभिन्न कालखण्डमा विभिन्न दलहरु जस्तै सामाजिक लोकतान्त्रिक पार्टी र नयाँ शक्ति पार्टीको स्थापना काल देखि हुदै विगत पाँच वर्ष देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा सकृयता इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको र हाल आएर सो पार्टीले जनयुद्धको भावना र वीर शहिदहरुको सपना बमोजिमको लक्ष्य प्राप्तिको मार्ग त्यागी सङ्सदिय भाष्मा फस्न गैइ गैह्र कम्युनिस्ट चरित्र अपनाउदै सत्ता र शक्तिका लागि गैह्र कम्युनिस्ट हरुसङ्ग साठ गाठ गरि एमसिसी जस्ता राष्ट्रघाती सम्झौता गर्दै देश र जनतालाई विश्वासघात गरेको र यस्ता चरम अवसरवादी चरित्र देखाई नेपाली जनता र नेपाली कम्युनिस्ट पार्टीहरुको बद्नामी गर्ने र यस्ता चरम अवरवादी तथाकथित कम्युनिस्ट पार्टीबाट समाजवादी लक्ष्य प्राप्ती गर्न नसक्ने र नेपाली जनतालाई गुमराहमा राखी आफ्नो स्वार्थमा लिप्त हुने प्रमाणित नै भएकोले आज मिति-२०७८ चैत्र १९ गते दिन देखि सो पार्टीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यता समेत नरहने गरि सो पार्टी परित्याग गरेको सहर्ष घोषणा गर्न चाहन्छु,

कम्रेडहरु, सो पार्टीमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा म प्रती सदासायता देखाउनु हुने कम्रेडहरु प्रती आभार व्यक्त गर्न चाहन्छु मैले जिम्मेवारी बहन गर्ने क्रममा जिम्मेवारी कृयाणन्वयन गर्न सहयोग गर्नु हुने सम्पूर्ण कम्रेडहरुलाई हृदय देखि कृतघ्न रहनेछु साथै पार्टीगत रुपमा नभए पनि व्यक्तिगत रुपमा भाइचारा रहने छ नै र कार्य जिम्मेवारी बहनका क्रममा कोहि कसैप्रती जानी नजानी हुन गएको गल्ती कमजोरीहरु प्रती क्षमा याचना गर्न चाहन्छु,

विग्यान प्रविधी र आत्मनिर्भर प्रचुर उत्पादनको माध्यम द्वारा वैग्यानिक समाजवादी लक्ष्य प्राप्त गर्न संघर्ष गरौ

क्रान्तिकारी लाल अभिवादन ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्