धरानका जनतालाई हर्क साम्पाङकाे अनुरोधः मौका दिनुहोस्, सप्तकोसीकाे पानी ल्याएर खुवाउछुँ

यसपटक पार्टीको मोह त्याग्नुस्

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा धरान उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन लागेका धरानका सामाजिक अभियान्ता हर्क साम्पाङले आफूले जिते सप्तकोसीको पानी ल्याएर धरानका जनतालाई खुवाउने घोषणा गरेका छन् ।

धरानको सबभन्दा ठुलो समस्या भनेकै खानेपानीको रहेको भन्दै उनले खानेपानीको समस्या हल गर्ने एउटै मात्र विकल्प सप्तकोसीको पानी ल्याउनु रहेको बताए ।

आज सामाजिक सञ्जाल फेसबुक भिडियोमा आएर उनले वैशाख ३० गतेको निर्वाचनमा आफूलाई जिताउन अपील गरे ।

‘म धरान उपमहानगरपालिकाको हित चाहने व्यक्ति हुँ । धरानमा सबैभन्दा ठुलो समस्या रहेको छ खानेपानीको समस्या, यो समस्या जबसम्म टर्दैन तबसम्म सप्तकोसीको पानी ल्याएर खुवाइँदैन,’ उनले भने, ’यसपालिको स्थानीय निर्वाचनमा म नगर प्रमुखको प्रत्यासी भएर आउँदैछु । मलाई तपाईंहरुले मौका दिनुहोस्, म तपाईंहरुलाई सप्तकोसीबाट पानी ल्याएर खुवाउँछु ।’

उनले कुनै पनि हालतमा सप्तकोसीको पानी ल्याएर धरानका जनतालाई खुवाउने अठोट व्यक्त गरे ।

उनले धरान पूर्वकै सबभन्दा पुरानो सहर भएको तर अहिले धरान दिनदिनै अव्यवस्थित र फोहोर बन्दै गएको बताए ।

उनले भने, ‘एक खुवाउँछु, दुई खुवाउछु तीन खुवाउँछु । हामी कुनै पनि हालतमा सप्तकोसीबाट पानी ल्याएर जनतालाई खुवाउँछौं ।’

सो क्रममा उनले यसपटक पार्टीको मोह त्याग्न आग्रह गरे ।

पार्टी भनेका सैद्धान्तिक बाटो मात्रै भएको उनले बताए । तर, अहिले देश नै दक्षिणपन्थी र वामपन्थी मिलेर चलाइरहेकाले अब सैद्धान्तिक विषय पनि नरहेको उनले बताए ।

उनले धरान पूर्वकै सबभन्दा पुरानो सहर भएको तर अहिले धरान दिनदिनै अव्यवस्थित र फोहोर बन्दै गएको बताए ।

धरानको नेता भनिनेहरुको अकर्मन्यताका कारण धरान अव्यवस्थित र फोहोर बन्दै गएको उनले बताए ।

उनले भने, ‘धरान पूर्वको सबभन्दा पुरानो सहर हो । धरान धरानजस्तै बन्नुपर्छै । तर आज हामी खानेपानीबाट बञ्चित छौं । हाम्रो सहर दिनदिनै फोहोर र अव्यवस्थित भइरहेको छ । यो धरानको स्थानीय नेता भनाउदाहरुको अकर्मन्यताले हो ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्