Sunday, December 4, 2022
16.9 C
Diktel

‘नौवटै ग्रहहरु जोड्दा पनि सूर्यजत्रो आकार हुन सक्दैन’

Subtitle

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गर्ने निणर्य गरेको छ ।
स्थानीय निर्वाचनमा नेकपा एमाले एक्लो भएको छ ।

तर, एमाले अध्यक्ष केपी ओलीले एमाले एक्लै चुनावमा लड्ने भाषण गर्दै हिडे पनि उनले राजेन्द्र लिङ्देन र कमल थापा नेतृत्वको दुवै राप्रपासँग गठबन्धन गरेर जाने गरी वार्ता पनि गरिरहेका छन् ।

यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा पनि एमाले र राप्रपाबिच गठबन्धन भएकै हो । सोही गठबन्धनका कारण वा एमालेको भोटकै कारण राप्रपाबाट राजेन्द्र लिङदेन सांसद बनेका थिए ।

तर, हाल एमाले एक्लै चुनाव लड्छ भन्ने अध्यक्ष ओलीको बोलीमा लोली मिलाउने एमालेका नेताहरुको कमी छैन ।
उनीहरुले विभिन्न कार्यक्रममा बोल्दा वा सामाजिक सञ्जालमा पनि यस्ता कुरा राखिरहेका छन् ।

एमाले नेता शेरबहादुर तामाङले केही दिनअघि सौर्यमण्डलको एक तस्बिर राखेर लेखेका छन्, ‘सूर्यविरुद्ध नौवटै ग्रहरु र उपग्रहहरु जोडेर एक ठाउँमा राखे पनि सूर्यजत्रो आकार हुन सक्दैन : सन्दर्भ गठबन्धन ।‘

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्